कारोबार रकमदेखि विनिमयदरसम्मको जानकारी दिने सिटी एक्सप्रेसको भाइबर सेवा सुरु
समयपोष्ट
२०७४ मंसिर ८ गते ५:११
पाँच हजार भन्दा बढी एजेन्टमार्फत रेमिटेन्स सेवा दिँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ ।
भाइवर सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिटेन्स सेवाको जानकारी लिन सकिन्छ ।
भाइबरबाट पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सकिने कम्पनीले जनाएको छ । यो सेवा कम्पनीका ग्राहक वाहेकले पनि प्रयोग गर्न सकिने बताइएको छ।
कम्पनीले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग रेमिटेन्स भुक्तानी सम्झौता गरेको छ ।
प्रतिक्रिया