बिहीबार, १३ वैशाख २०८१

नयाँ नेपाल लघुवित्तले प्रस्ताव गर्यो २० प्रतिशत बोनस तथा २५० प्रतिशत हकप्रद

समयपोष्ट २०७४ मंसिर ८ गते ६:३४

नयाँ नेपाल लघुवित्त बिकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको मंसिर ८ गते सम्पन्न सञ्चालक समिति बैठकले दुई करोड रुपैयाँको २० प्रतिशत अर्थात ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

उक्त बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत बराबरको दुई लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।  साथै बोनसपछि कायम हुने पूँजीको २५० प्रतिशत हकप्रद जारी  गर्ने निर्णय समेत बैठकले गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री