शुक्रबार, ७ वैशाख २०८१

नेप्सेमा आज ज्योति विकास बैंकसहित दुई कम्पनीको सेयर सुचीकृत, हेर्नुहोस् कुन कुन ?

समयपोष्ट २०७४ मंसिर ८ गते ८:४१

नेपाल स्टक एक्सचेञ्जमा आज तिन कम्पनीको सेयर सुचीकृत भएको छ । शुक्रबार ज्योति विकास बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक, र अरुण भ्याली हाईड्रोपावरको सेयर सुचीकृत भएको हो । ज्योति विकास बैंकले १५ लाख ७० हजार ६३७ दशमलव १० कित्ता सेयर सूचीकरण गराएको छ । बैंकले राप्तीभेरी विकास बैंक र युनियन फाइनान्स कम्पनी तर्फको सेयर सूचीकरण गराएको हो । दुबै संस्था ज्योतिले एक्वायर गरेको थियो ।

Advertisement

त्यस्तै वेष्टर्न डेभलपमेन्ट बैंकले तीन लाख १३ हजार ९२० कित्ता बोनस सेयर सुचीकृत गराएको छ । यसैगरी अरुण भ्याली हाईड्रोपावर कम्पनीले आठ लाख ४८ हजार १९३ कित्ता सेयर सूचीकरण गराएको छ । हाईड्रोपावर कम्पनीले गत आर्थिक बर्ष २०७२ /७३ को नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो । कम्पनीले समेत एक बर्षभन्दा बढी समयपछि सेयर सूचीकरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री