शुक्रबार, १६ चैत २०८०

‘दुःखमा सपोर्ट गर्ने परिवार नै हो’

समयपोष्ट २०७५ कार्तिक २३ गते ३:५२

मेरो परिवारमा दुई छोरी, एक छोरा, श्रीमती र म गरी पाँच जना छौँ । छोरी अमेरिकामा ‘इकोनोमिक यानालिस्टि’ भएर काम गरिरहेकी छन् । छोराले इङ्लिस लिटलेचर र क्रियटिभ राइटिङमा न्यूयोर्क युनिभर्ससिटी आबुधाबीमा अन्डरग््रयाजुयट गर्दैछ । ऊ इलेक्ट्रा भन्ने अनलाइन म्यागेजिनमा म्यानेजिङ डिरेक्टरको रुपमा काम पनि गर्छ र पढ्दै पनि छ । मेरी कान्छी छोरी अहिले युलेन्स स्कुलमा नौ कक्षामा पढ्दै छिन् । मेरा सासू–ससुरा हुनुहुन्छ । उहाँहरुलाई ख्याल राख्ने जिम्मेवारी पनि मेरै हो । तर स्वास्थ्य क्षेत्रमा लागेका हामी जस्ता चिकित्सकलाई परिवारको लागि समय निकाल्न धेरै गाह्रो छ । रात–दिन नभनी खट्नुपर्छ । परिवारलाई समय दिन खोज्यो, एक्कासि एमर्जेन्सी कल आउँछ, दौडिनुप¥यो । यसो गर्दागर्दै नेपालमा बाइस वर्ष बितेछ ।

Advertisement

परिवारमा रमाइलो

कहिलेकाहीँ छोराछोरी र श्रीमतीसँग समय हुँदा बाहिर घुम्न निस्किने गेट टुगेदर गर्ने गरिन्छ । मन परेका परिकारहरु घरमै बनाएर खाने । त्यो भन्दा बढी गर्ने अवसर नै हामीलाई कम हुन्छ । कहिलेकाहीँ रमाइलोका लागि मलाई परिवारले घरमै फिल्म देखाउँछन् । तर फिल्म हेर्दाहेर्दै म निदाउँछु । बाहिर फिल्म हेर्न जान मेरो समय नै हुँदैन ।

परिवारमा झगडा

मेरो परिवारमा झगडा खासै पर्दैन तर छलफलहरु भइराख्छ । जायज कुराका लागि छोराछोरी र श्रीमतीका प्रश्नहरु आउनु स्वाभाविक नै हो । मेरो परिवारले मेरो पेसाको बारेमा राम्रोसँग बुझिसकेका छन् । उनीहरुले मलाई त्यही हिसाबले ग्रहण गर्ने हुँदा त्यति धेरै विवाद हुँदैन । सर्टेन कुरामा डिस्कसन हुन्छ र हामी सर्टेन कम्प्रमाइजिङ प्वाइन्टमा आउँछौँ । प्रायः गरेर कतै परिवारसँग जाने योजना बनाएको हुन्छ तर अन्तिम समयमा अस्पतालकै काममा दौडिनुपर्ने हुन्छ । बिरामीकै लागि बाहिर जाँदा उनीहरुले मलाई अनुमति दिन्छन् तर कहिलेकाहीँ बिरामीभन्दा बाहिरका सामाजिक कुराहरुमा समय दिनुपर्दा अथवा उनीहरुका लागि छुट्ट्याएको समय अरूका लागि दिनुपर्ने भयो भने त्यसमा विवाद हुन्छ ।

घरको काम

घरको काममा मेरो खासै केही योगदान नै हुँदैन । बिहान उठ्यो भगवान्को प्रार्थना, व्यायाम ग¥यो अनि आफू तयार भएर अस्पताल जान्छु । मुख्यतः टेलिफोनमा मेरो समय बढी जान्छ । फोन रिसिभ नगरौँ, कहिलेकाहीँ इमर्जेन्सी हुन्छ । रिसिभ गरौँ, कुनै कल अनावश्यक पनि हुन्छन् । बचेको थोरै समय पनि फोन कलले बढी लिइदिन्छ । त्यस कारण घरको काम भन्नाले समय मिलिहाले कहिलेकाहीँ हप्तामा एकपल्ट सपिङको लागि ड्राइभ गर्ने र परिवारलाई अलिकति यासिसस्ट गर्ने हुन्छ । तर घरभित्र खाना बनाउने, घरकै कामका लागि बाहिरको चाँजोपाँजो मिलाउने काममा मेरो खासै योगदान छैन ।

मन पर्ने परिकार

मलाई मेरी श्रीमतीले बनाएका सबै खानेकुरा एकदम मन पर्छ । उनले एकदम मेहनत गरेर बनाउँछिन् । उनले नुन–तेल नहालेको चिकेन, स्पागेट्टी, भेटिटेबल्सहरु बनाउँछिन् । मसरूममा अन्डा हालेर मेरी श्रीमतीले बनाएको परिकार एकदम मीठो हुन्छ । यो बाईस वर्षको अवधिमा मात्र दुई–तीनपल्ट खाना बनाएको छु । मैले बनाउने भनेको नेपाली शैलीको स्टिम राइस हो । अलि बढी समय लगाएर साना–साना टुक्रा पारेर चिकेनको तरकारी बनाउँछु । मेरा बच्चाहरुले पनि मैले पकाएको बेला यो साह्रै मीठो भयो भन्छन् । त्यो पनि एकदम रेयर हुन्छ । कुखुराको मासु–भात बनाउन रहर पनि लाग्छ र मीठो पनि लाग्छ ।

पेसामा सहयोग

मेरो काममा परिवारको एकदम धेरै साथ छ । म जस्तो मान्छेसँग जीवनयापन गर्न त्यति सजिलो छैन । म चौबीसै घन्टा अस्पतालमै हुन्छु । अरूका लागि दौडिरहेको हुन्छु । परिवारको पनि आफ्नै व्यक्तिगत इच्छा र चाहनाहरु हुन्छन् । हुन त मैले धेरै मान्छेहरुको कल्याण गरेको छु होला तर मेरो कल्याण गर्ने भनेको त मेरा परिवार नै हुन् । म तनावमा हुँदा, मेरो दुःखमा मलाई सपोर्ट गर्ने भनेको त आखिर मेरो परिवार नै हो ।

यसरी बन्छ बलियो परिवार

परिवारलाई बलियो बनाउने सबैभन्दा ठूलो मन्त्र भनेको आफू इमानदार बन्नुपर्छ । चाहे त्यो श्रीमान् होस् या श्रीमती । झूट कहिल्यै नबोल्ने र मेहनतको बाटोमा अगाडि बढ्ने । त्यसपछि परिवारसँग बसेर चाहे दश मिनेट नै किन नहोस्, क्वालिटी टाइम स्पेन्ड गर्ने । इमोसनहरु सेयर गर्ने गर्नुपर्छ । यसरी एक–अर्काको कुरा सुन्ने र एक–अर्कालाई सपोर्ट गर्ने गर्दा परिवार बलियो हुन्छ । साथै, आफ्ना बालबच्चाहरुलाई पनि राम्रो संस्कार दिनुपर्छ । परिवार, इष्टमित्र, साथी–भाइ र छिमेकीहरुलाई राम्रो हुने कुरा सिकाउनुपर्छ । त्यो पोजेटिभ इनर्जीले परिवारलाई लङ र सर्टटर्ममा बलियो बनाउँदै जान्छ । अर्को देखासिखीमा लाग्नुभन्दा आफू जस्तो छु, त्यस्तै भित्रबाट इमानदार भएर साँचो प्रेम गर्ने हो भने परिवार आफैँ बलियो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री