बिहीबार, १५ चैत २०८०

बर्बाद बनाउछन् यस्ता स्त्रीसंग झुक्किएर पनि विवाह नगर्नुहोस्

समयपोष्ट २०७५ कार्तिक २८ गते ९:२३

चाणक्यका अनुसार महिलाको स्वभावमा यस्तो लक्षण पाइन्छ जुन विश्वास गर्न गाह्रो हुने गर्छ । महिलाले कुनै पनि कुरा लामोसमयसम्म मनमा राख्न नसक्ने चाणक्यको तर्क छ । चाणक्यले निम्न प्रकारका महिलामाथि विश्वास र विवाह गर्न नसकिने बताएका छन् ।

Advertisement

आचार्य चाणक्यले भनेका छन्– ‘वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् । रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ यस श्लोकका माध्यमबाट आचार्य चाणक्यले कुन स्त्रीसँग विवाह गर्न हुने र कुन स्त्रीसँग विवाह गर्न नहुने भनि प्रष्ट पारेका छन् ।

स्त्रीको सुन्दरता

आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कोही पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् । र, त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् ।

स्त्रीको संस्कार

विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने ग्रन्थमा उल्लेख पाइन्छ । यी सबै कुरामा ध्यान दिन सकेमात्रै स्त्रीको विवाहको बारेमा निर्णय गर्नुपर्ने आचार्यले उल्लेख गरेका थिए । अन्यथा सुन्दरताका नाममा गलत स्त्रीको छनौटबाट परिवारमा दुःख आउन सक्ने उनको तर्क छ ।

आचार्य चाणक्यले ग्रन्थमा स्त्रीको संस्कारलाई विशेष महत्व दिएका छन् । राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्यले ग्रन्थमा उल्लेख गरेका छन् । नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने खतरा समेत हुने सक्ने उनको धारणा छ ।

स्त्री सुन्दर नभएपनि राम्रो संस्कारको स्त्री भएमा परिवारको भविष्य सुन्दर हुन्छ । धर्ममा विश्वास नगर्ने महिलाले परिवार सम्बन्धमा पनि अविश्वास गर्ने सम्भावना रहन्छ । त्यस्ता स्वभाव भएका स्त्रीबाट परिवार बिग्रने खतरा रहने आचार्यले ग्रन्थमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री