शुक्रबार, १६ चैत २०८०

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग निमार्ण छिटो सम्पन्न नगरे ठेकेदारलाई कारवाही हुन्छ : शर्मा

समयपोष्ट २०७५ कार्तिक ३० गते ५:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Advertisement

मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका उहाँले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिनुभएको हो ।

नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि नहट्ने बताउनुभएको थियो ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा बागलुङका नेता तथा कार्यकर्ताहरुले लोकमार्गको बागलुङ–बिहुँखण्ड छिटो कालोपत्रे गर्नका लागि पहल गरिदिन नेता शर्मासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री