शुक्रबार, १४ वैशाख २०८१

नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने, मंसिर ६ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्ने

समयपोष्ट २०७५ मंसिर ४ गते ७:५३

नाडेप लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रदमा मंसिर ६ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीले मंसिर २३ गतेदेखि पुष २९ गतेसम्म हकप्रद शेयर निष्काशन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरमा १६ लाख कित्ता हकप्रद शेयर बिक्री गरेसँगै चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ।

हकप्रद आवेदनकालागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। साथै नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल र संस्थाको केन्द्रीय तथा शाखा कार्यलयहरुबाट पाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री