बिहीबार, १३ वैशाख २०८१

सेयर बजारमा आज पनि देखिएन सुधार

समयपोष्ट २०७५ मंसिर ४ गते ९:२७

सेयर बजारमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसुचक ८.५४ अंकले घटेर ११८१.६६ अंकमा झरेको छ । आज १ सय ४५ कम्पनीका ५ लाख कित्ता सेयर १७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भयो । आज एक समुह उपसुचकबाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज उत्पादनमुलक समुह उपसुचक ७.२२ अंकले बढेको छ भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् ।

आज बाणिज्य बैंक समुह ९,होटल ०.८१, विकास बैंक ५.८,जलविद्युत २.२३,फाइनान्स २.६६, निर्जिवन बिमा ५८.५६,अन्य ६.२९,लघुवित्त ६.५ र जीवन बिमा समुह २७.८८ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री