शुक्रबार, ७ वैशाख २०८१

हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप (हाई—एमबी) सुरु

समयपोष्ट २०७५ मंसिर ४ गते १२:४८

हिमालयन बैंक लिमिटेडले औपचारिक रुपमा आज मंसिर ४ गते बाट आफ्नो मोबाइल बैंकिङ्ग एप (हाई—एमबी) सुरु गरेको छ । बैंकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एप शुभारम्भ भएको घोषण गरे ।

Advertisement

हेएर ईज योर न्यू बैंक तथा विग बैंक इन स्मल साईज स्लोगनका साथ शुभारम्भ गरिएको यो मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिन सक्नेछन् ।

ग्राहकले एपबाटै चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, सेवा र सुविधाहरुको बारेमा जानकारी लिने, अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगाएतका अन्य थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

मोबाईल एप शुभारम्भ समाहरोहमा बोल्दै बैंकका उप महाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पूर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउँदै जाने बताए ।

उनले बैंकको आइटी सेक्युरिटी व्यवस्थालाई अझ सुधृढ गर्दै बैंकलाई नेपालकै नम्बर १ आधुनिक सुचना प्रविधि युक्त बैंक बनाउँदै लगिने उल्लेख गरे ।

कार्यक्रममा बैंकको आईटी डिपार्टमेन्टका धिरज श्रेष्ठले मोबाईल एपबारे विस्तृत जानकारी गराएका थिए ।

हिमालयन बैंकले देशभरि भएका आफ्ना ५६ बटा शाखा तथा १०८ वटा एटिएम मार्फत ग्राहकहरुका लागी सम्पूर्ण सेवा प्रदान गरिरहेको र चालु बर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री