बिहीबार, २० वैशाख २०८१

भारतीय दूतावासमा विश्व विख्यात तबला संगीतज्ञ जाकिर हुसेनको सांगीतिक कार्यक्रम

समयपोष्ट २०७५ मंसिर ११ गते १५:५६

भारतीय दूतावास काठमाडौँले विश्व विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम मंगलवार दूतावास परिसरमा आयोजना गरेको छ ।

Advertisement

सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज तथा रेडिसन होटेलसँगको सहकार्यमा भएको सो कार्यक्रमा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न पेशका झण्डै १००० भन्दा बढी व्यक्तिहरुले सो कार्यक्रको आनन्द लिएका थिए ।

कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए ।

Advertisement

‘उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको छ, दूतावासद्धारा जारी बिज्ञप्तीमा भनिएको छ‘ उनले आफ्नो कुद्रती आधुनिक तथा शास्त्रीय तबला बादन मार्फत समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए र उनको यो प्रस्तुतिलाई काठमाडौँले लामो समय सम्म सम्झी रहनेछ ।’

भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई बरकरार रख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तराल पछि आयोजना भएको भारतीय दूतावासको प्रेस, सूचना तथा संस्कृती प्रभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री