शुक्रबार, १६ चैत २०८०

पार्टीले मेरोबारेमा नबुझेको छैन : टोपबहादुर रायमाझीको अन्तर्वार्ता

समयपोष्ट २०७५ मंसिर १५ गते ३:५६

पार्टी एकता भएको लामो समय बितिसक्दा पनि पार्टी एकताले किन पूर्णता पाउन सकिरहेको छैन ?

Advertisement

स्वाभाविक रूपमा पार्टी एकताले समयभित्रै पूर्णता पाउनुपर्ने हो । पार्टी एकताको मापदण्ड, विधि, प्रक्रिया के हुने भन्ने विषयमा पहिले सैद्धान्तिक रूपमै निष्कर्षमा पु¥याएर निर्णय गरेर एकता गरेको भए छोटो समयमा नै पार्टी एकता हुन्थ्यो । त्यस कारण विचार र विधिसङ्गत तरिकाले जान आवश्यक छ ।

यो ढिलाइले कार्यकर्ता पंक्तिमा उत्साह विस्तारै मर्दै गएको देखिन्छ नि ?

त्यसको निम्ति विचार, विधि र मापदण्डमै जानुपर्छ । त्यसका लागि फेरि सामूहिकता पनि चाहिन्छ । सामूहिक रूपमा काम गर्दै गयौँ भने सबै समस्या हल हुन्छन् ।

मुख्य नेतृत्वले सरकार सञ्चालनमा मात्र ध्यान दिँदा पार्टीतिर ध्यान दिन नसकेको हो कि ?

यो कुनै व्यक्तिविशेषको कुरा मात्र होइन । मैले अघि नै भनेँ, सामूहिक रूपमा छलफल गरेर विचार र विधिमा निष्कर्षमा पुगिसकेपछि कसले के जिम्मेवारी लिने, कति जिम्मेवारी लिने भन्ने कुरा स्पष्ट हुन्छ । कसैलाई धेरै जिम्मेवारी दिएर भ्याइ–नभ्याई छ । कोही एकदम बेरोजगार भएर बसिरहेको स्थिति छ । त्यस कारण यो कुनै व्यक्तिविशेष अथवा नेताविशेषको दोषभन्दा पनि यसलाई हामीले विचार र विधि पनि खोज्नुपर्छ ।

पार्टी एकता हुने बेलामा एउटा जहाजका दुई पाइलट भन्ने कुरा आएको थियो । ती पाइलटहरूले जहाजलाई टेक अफ गर्न नसकेका हुन् कि ?

मैले भनेँ, व्यक्ति अथवा नेतामा प्रवेश गर्नु आवश्यक छैन । कुन बेला हामीले के विचार व्यक्त ग¥यौँ भन्ने कुराको पनि निर्णायक अर्थ रहँदैन । हामीले के अभ्यास ग¥यौँ भन्ने कुराले धेरै महत्व राख्दछ । त्यस कारण मुख्यरूपमा सामूहिक अभ्यास गर्नुप¥यो । सामूहिक निर्णय गरेर पार्टी एकताको सन्दर्भमा होस् या पार्टी सञ्चालन गर्ने विषयमा होस् । पार्टीका हरनिकायलाई सञ्चालन गर्ने प्रश्नमा होस् या पार्टीका हरनिकायमा एकता गर्ने प्रश्नमा होस् । सरकार सञ्चालन गर्ने परिणाममुखी बनाउने सवालमा होस् । यी सबै विषयमा सामूहिक रूपमा हाम्रो गम्भीर छलफल नपुगेकै हो । सुरुमा हामीले विचार, विधि, मापदण्ड, योजना बनाउन नसक्नाले यो ढिलासुस्ती भएको हो । जति परिणाम आउनुपर्ने हो, त्यो आउन सकिरहेको छैन । त्यसलाई गम्भीररूपमा समीक्षा गरेर एउटा निष्कर्षमा पुग्नुपर्दछ । पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउनुपर्दछ । सरकारको कामलाई पनि परिणाममुखी र प्रभावकारी बनाउन पहल गर्नुपर्दछ ।

पार्टी एकता भइसकेको छ, अब तपाईंको भूमिका के हुन्छ ?

मैले आफ्नो ठाउँबाट चाहे कम्युनिस्ट आन्दोलनको कुरा होस्, चाहे जनयुद्धको प्रश्न होस् । जनयुद्धअघि र पछिका कुरा या शान्ति प्रक्रियामा ल्याउने कुरामा होस् अथवा शान्ति प्रक्रियामा आइसकेपछि भूमिका निर्वाह गर्ने कुरामा होस् । संविधान निर्माण गर्ने कुरादेखि पार्टी एकतासम्मको कुरामा आफ्नो ठाउँबाट मैले सक्दो भूमिका निर्वाह गरेको छु । त्यति मात्र नभई सरकारमा मैले जुन–जुन मन्त्रालयमा जिम्मेवारीहरू पाएँ, त्यसमा अधिकतम परिणाम निकाल्ने र देशको समृद्धिमा टेवा पु¥याउन कोसिस गरेको छु । यो पछिल्लो चरणमा मुख्य विषय भनेको पार्टी र सरकारको कुरा हो । मैले अगाडि नै भनिसकेँ, पार्टीलाई विचार, विधि र मापदण्डमा लैजाने । सामूहिक छलफल गरेर निष्कर्ष निकाल्ने । दोस्रो, सरकारको कामलाई योजनाबद्ध र प्रभावकारी किसिमले अगाडि बढाउन मलाई जस्तो जिम्मेवारी दिइन्छ, त्यसका लागि भूमिका निर्वाह गर्दै आएको पनि हो र गर्ने कुरामा कुनै कमी रहँदैन ।

तपाईंको व्यक्तिगत इच्छा सरकारमा जाने कि पार्टीमा रहने ?

मेरो इच्छा भन्ने खासै त्यस्तो केही छैन । सरकारमै जानुपर्छ अथवा पार्टीमै बढी भूमिका निर्वाह गर्नुपर्छ भन्ने छैन । पार्टीले मेरोबारेमा नबुझेको छैन । सबै नेताहरूलाई र पूर्वएमाले वा पूर्वमाओवादीलाई मेरोबारेमा थाहा छ । त्यस कारण पार्टीले जे आवश्यकता ठान्छ र मलाई जे भूमिकामा राख्दा ह्राम्रो पार्टी, सरकार र देशको विकास र समृद्धिमा योगदान पुग्न सक्छ, म त्यसका लागि सदैव तयार छु ।

हामी राजनीतिक क्रान्तिको कठिन परिस्थितिबाट गुज्रिएर आयौँ । हामीले त्यसलाई राम्रोसँग अवतरण पनि गरायौँ । पुरानो व्यवस्था फाल्ने, नयाँ व्यवस्था ल्याउने, नयाँ राजनीतिक एजेन्डा प्राप्त गर्ने र देशलाई नयाँ संविधान दिने, निर्वाचन गराउने, निर्वाचनपछि नयाँ संविधान कार्यान्वयन गर्ने, पार्टी एकता गराउने र निर्वाचनमार्फत् दुई तिहाइको सरकार बनाउने स्थितिसम्म आइपुगेका छौँ ।

नेपालको सन्दर्भमा यो ऐतिहासिक परिवर्तन र सम्भावना हो । यो सम्भावनालाई पक्रिएर केही छिटपुट चुनौतीहरू छन्, त्यसलाई सामना गर्दै विकास र समृद्धिको मार्गचित्र निर्माण गरेर इच्छाशक्तिका साथ तीव्र गतिमा अगाडि जान अनिवार्य आवश्यकता छ । त्यसका निम्ति हामी सबैले आफ्ना गल्ती–कमजोरीहरू सच्याएर देश विकास र समृद्धिको मार्गचित्रमा तीव्र गतिमा अगाडि जानका लागि म पार्टीका सबै नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थक, जनता, सरकारपक्ष, प्रतिपक्ष सबैलाई आग्रह, अनुरोध र अपिल गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री