शनिबार, १५ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सको राइट सेयरमा आवेदन खुल्यो

समयपोष्ट २०७५ मंसिर १६ गते ५:०८

एभरेष्ट इन्स्योरेन्सले आजबाट १४ लाख तीन हजार ३२५ कित्ता संस्थापक हकप्रदमा आवेदन खुला गरेको छ । इन्स्योरेन्सले एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा संस्थापक हकप्रदमा आवेदन खुला गरेको हाे । शेयरमा कार्तिक २६ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन गर्न सक्नेछन् ।

Advertisement

हकप्रदमा एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ ।

यसका अतिरिक्त मेरो शेयर प्रयोगकर्ताले इन्टरनेटको प्रयोग गरेर घरबाटै पनि आवेदन दिन सक्नेछन् । हकप्रदमा पुस २२ गतेसम्म आवेदन दिन सकिन्छ ।

हकप्रद बिक्री पश्चात कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.७८ प्रतिशत कायम हुनेछ भने चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री