शुक्रबार, १४ वैशाख २०८१

यामाहाको सुपर स्पोर्टस् बाइक नेपाली बजारमा, यस्ता छन् विशेषता

समयपोष्ट २०७५ मंसिर १९ गते ७:४९

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस्बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ । सुरुवाति मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सिसी, लिक्विड–कुल्ड, ४–स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ।

Advertisement

यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सिसीको इन्जिन जडान गरिएको छ, यसले १० हजार आरपीएममा १९.३ पिएसको पावर र ८५ सय आरपिएममा १५ एनएम टर्क उत्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ ।

१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३ मा फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइट छन्। यसमा ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री