शुक्रबार, ७ वैशाख २०८१

सानीमा लाइफको नयाँ बीमा योजना शुभारम्भ

समयपोष्ट २०७५ मंसिर २३ गते १०:३५

सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो ।

Advertisement

बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो । बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उहाँले जीवन सुरक्षाका लागि बीमा अनिवार्य भएको बताउनुभयो ।

बीमामा १६ देखि ६० वर्ष उमेर समूहले सहभागिता जनाउन सक्नेछन् । कम्पनीका सद्भावना दूत कलाकार जीतु नेपालले आफ्नो जीवन सुरक्षाका लागि बीमा गर्नुपर्नेमा जोड दिनुभयो । न्यूनतम रु पाँच लाखमा जीवन बीमा गर्न सकिने भन्दै कम्पनीले प्रतिहजार विमाङ्कमा रु ७० बोनस सुनिश्चित रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कम्पनीको अधिकृत पूँजी रु ३०० करोड र जारी पूँजी रु २०० करोड रहेको विमा कम्पनीमा चुक्ता पूँजी रु १४० करोड रहेको कार्यक्रममा जानकारी दिइयो । कुल बीमा लेख सङ्ख्या सात हजार ३३२ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न २५ वटा कार्यालयबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री