बिहीबार, १५ चैत २०८०

सानिमा लाईफको प्रथम वार्षिकोत्सव, ‘सानिमा जीवन श्री’ बीमा योजना सुरु

समयपोष्ट २०७५ मंसिर २३ गते ११:३५

गैर आवसीय नेपालीहरुको समूहद्धारा प्रवद्र्धित सानिमा लाईफ इन्स्योरेन्सले सफलतापूर्वक व्यवसायिक कारोवार संचालनको प्रथम वार्षिकोत्सव बिबिध कार्यक्रममको आयोजना गरि मनाएको छ ।

Advertisement

कम्पनीको प्रधान कार्यालय सिटि एक्सप्रेश भवन, कमलादीमा शनिवार रक्तदान कार्याक्रम र नयाँ जीवन बीमा शुभारम्भ गरेको छ ।
आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनीको उदेश्य बमोजिम जीवन बीमाका विशेषज्ञ द्धारा तर्जुमा गरिएको सानिमा जीवन श्री बीमा योजना संचालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाले शुभारम्भ गरे ।

यस योजना मा १६ वर्ष देखि ६० वर्ष उमेर सम्मका महिला तथा पुरुषले न्यूनतम रु.५ लाख वा सो भन्दा वढी रकमको जीवन बीमा गर्न सकिन्छ । यस योजनाका लागि बीमा अवधि १०, १५, २०, २५ र बीमा शुल्क भुक्तानी अवधि क्रमश : ६ , १० ,१५ , १८ निर्धारण गरिएको छ ।
यस योजना अन्र्तगत जीवन बीमा गर्दा कम्पनीले कहिले र कति वोनस दिन्छ भनी सोच्नु पर्दैन । कम्पनीले आप्mना आदरणीय ग्राहकहरुको आर्थिक हितलाई विशेष ध्यान दिई सुरुमा नै पुरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० वोनस ग्यारेन्टी गरिएको छ । जीवन बीमाको क्षेत्रमा ग्राहकहरुको लागि उत्कृष्ट आर्थिक तथा वचत योजना सावित हुने विश्वास गरिएको छ ।

बीमा अवधि भित्र बीमा लेख चालु रहेको अवस्थामा वीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही वीमाङ्क र प्रत्येक वर्ष प्रतिहजार बीमाङ्कमा रु ७० ग्यारेण्टी वोनस समेत एक मुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री