शुक्रबार, ७ वैशाख २०८१

ज्योति विकास बैंकको नयाँ शाखा घान्द्रुकमा

समयपोष्ट २०७५ मंसिर २५ गते ५:५०

ज्योति विकास बैंक लिले कास्कीको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले अन्नपूर्ण गाउँपालिका वडा नं १० मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । शाखाको अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।

Advertisement

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । बैंकले यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री