बिहीबार, १५ चैत २०८०

जनता बैंकले नगद लाभांश दिने

समयपोष्ट २०७५ मंसिर २५ गते ८:३६

जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

Advertisement

बैंकका अनुसार रु आठ अर्ब सात लाख ८५ हजार ९२५ चुक्तापूँजीको आठ दशमलव ५० प्रतिशत बराबरको रु ६८ करोड ६० लाख ६६ हजार ८०३ बराबर नगद लाभांश वितरण गर्न लागिएको हो । बैंकले गत वर्ष १४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो बैंकले आव २०७४÷७५ मा रु ९३ करोड ४७ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री