बिहीबार, १३ वैशाख २०८१

भारतीय अर्वपति अम्बानीको छोरीको बिहेमा क्लिन्टनदेखि बियोन्सेसम्म पाहुँना,अरु को-को पुगे ? (फोटोफिचर)

समयपोष्ट २०७५ मंसिर २५ गते ९:१०

भारतीय अर्वपति मुकेश र नीता अम्बानीको छोरी इशाको बिहे यही डिसेम्बर १२ मा आनन्द पिरामलसँग हुँदैछ । अम्बानी परिवारका ज्वाइँ आनन्द ‘पिरामल ग्रुप’का मालिक अजय पीरामलका छोरा हुन् । आनन्द सोही कम्पनीमा कार्यकारी निर्देशक छन्।

Advertisement

अम्बानी र पिरामल परिवारबीच ४० वर्षदेखि सम्बन्ध भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसैले इशा र आनन्द केटाकेटी छँदादेखिकै साथी हुन्। मुम्बईमा हुने यी धनाढ्य परिवारको बिहेको रमझम भने शनिबारबाटै सुरू भइसकेको छ।

तीन लाख भारू पर्ने निम्तो कार्ड बाँडेको अम्बानी परिवारले बिहेमा बोलाउने पाहुनामा पनि कुनै कसर छाडेका छैनन्। छोरी इशाको बिहेमा उपस्थित हुन अमेरिकी नेतादेखि कलाकारसम्म भारत आइपुगेका छन्। यिनै ‘भिआइपी’पाहुनामध्ये हुन् अमेरिकाकी पूर्व प्रथम महिला हि‍लारी क्ल‍िन्टन र गायिका बियोन्से।

बिहे समारोह अन्तर्गत शनिबार उदयपुरमा संगीत कार्यक्रम थियो। यसमा सहभागी हुन उनीहरू दुबै उदयपुर पुगेका थिए।अम्बानी र क्लिन्टन परिवारबीच पुरानो सम्बन्ध रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिलारी र बिल क्लिन्टन मुकेश अम्बानीका साथी मानिन्छन्। यही नाताले हिलारी मुकेशकी छोरीको बिहेमा आएकी हुन्।

उता बियोन्से भने इशा-आनन्दको बिहेमा प्रस्तुति दिन आइपुगेकी हुन्। आइतबार साँझ उनले आफ्ना चर्चित गीत, ‘क्रेजी इन लभ, नटी गर्ल, पर्फेक्ट’ मा प्रस्तुति दिएकी छन्।

अमेरिकाबाट बिहेमा प्रस्तुती दिन आएकी बियोन्सेले कति रकम लिइन् भन्ने अहिले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। तर यसबारे केही जानकारी भने उपलब्ध नगराइएको बताइएको छ।

धनाढ्य अम्बानी परिवारको बिहेमा कयौं बलिउड कलाकार पनि सहभागी भएका छन्। सलमानसँगै शाहरूख खान र आमिर खान पनि उक्त कार्यक्रममा पुगेका छन्। सलमान र शाहरूखले ‘कोही मिल गया’ गीतमा प्रस्तुती दिएको सञ्चारमाध्यमहरूले लेखेका छन्। आमिरले उनीहरूलाई साथ दिएको र शाहरूख र उनकी पत्नी गौरीले पनि नृत्य गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।

खानत्रयका साथै जया बच्चन, ऐश्वर्य राय, अभिषेक बच्चन, अनिल कपुर, विद्या बालन, बोनी कपुर, वरुण धवन, आलिया भट्ट, जाह्नवी कपूर, सिद्धार्थ कपुर, करण जौहर लगायत थुप्रै कलाकार उक्त बिहेमा सहभागी भएका छन्। भर्खरै बिहे गरेका बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहका साथै प्रियंका चोपडा र निक जोनास पनि वैवाहिक कार्यक्रममा देखिएका छन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री