शनिबार, ८ वैशाख २०८१

सिटिजन्स् बैंकले प्रस्ताव गर्यो लाभांश

समयपोष्ट २०७५ मंसिर २६ गते ५:४०

सिटिजन्स् बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश लिने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २५ गते मंगलबार बसेको बैंठकले बोनस र नगद गरि कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Advertisement

अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँको ३.६२८ प्रतिशत बोनस शेयर (२९ करोड १४ लाख ४५ हजार ७७३ रुपैयाँ) र १.६३५ प्रतिशत नगद लाभांश (१३ करोड १३ लाख ५६ हजार १४३ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री