बिहीबार, १३ वैशाख २०८१

१५ अर्ब खर्चेर छोरीको विवाह गर्ने अम्बानीको घर कस्तो होला ? हेर्नुहोस् इन्साइड फोटोज

समयपोष्ट २०७५ मंसिर २६ गते ६:१०

एसियाकै धनाढ्य अर्बपति मुकेश र निता अम्बानीकी छोरी इशाको विवाह आज हुँदैछ । पिरामल ग्रुपका मालिक अजय पिरामकलका छोरा आनन्दसंग इशााको विवाह हुँदैछ । हिलारी क्लिन्टनदेखि गायिका बियोन्सेसम्म सहभागी भएका यो बिहे भारतमा मात्र होइन अमेरिका, युरोप लगायतका देशमा पनि चर्चा भइरहेको छ ।

Advertisement

धनाढ्य मुकेशले छोरीको बिहेमा तीन लाख भारु पर्ने कार्ड बाँडेका थिए । अब हुने खर्चले इशा–आनन्दको बिहे संसारकै महँगो बिहे हुन सक्नेछ ।

अखबार ब्लुमवर्गलाई उद्धृत गर्दै टाइम डटकमले लेखेको छ– ‘भारतमा हुने यो बिहे विश्वकै महँगो बिहे हुने सम्भावना छ । यति धेरै खर्चिएको बिहेले क्रेजी–रिच एसियनलाई समेत मात दिने देखिएको छ ।’

यो भनाइलाई फिल्म क्रेजी रिच एसियनसँग दाँजिएको हो । गत अगस्टमा रिलिज भएको यो फिल्ममा एसियनहरूमा पैसा कमाएपछि कसरी देखावटी प्रवृत्ति हावी हुँदै जान्छ भन्ने देखाइएको छ । ब्लुमवर्गले अम्बानी परिवारको बिहेको तामझाम फिल्मको कथाभन्दा बढी देखिएको बताएको हो ।

तेल र दूरसञ्चार कारोबारीमा मुकेशले छोरीको बिहेमा दस करोड डलर खर्चिने बताइएको छ । यो भनेको झन्डै १५ अर्ब रुपैयाँ हो । यो जस्तै महँगो बिहे स‌ंसारमा ३७ वर्ष अगाडि भएको थियो । बेलायतका राजकुमार चार्ल्स र राजकुमारी डायनाको । त्यो बिहेमा भएको खर्च आजका भाउमा हिसाब गर्दा करिब ११ करोड डलर पुग्ने थियो ।

बिहेमा आउने पाहुनाका लागि कम्तीमा ५ वटा पाँचतारे होटल बुकिङ गरिएका छन् ।

उदयपुर विमानस्थलबाट बिहे स्थानसम्म जानै पाहुनाहरूले हेलिकप्टर चढ्नेछन् ।

कम्तीमा पनि साता दिनसम्म चल्ने यो बिहेका पाहुनाका निम्ति एक सय वटा हेलिकप्टर चार्टर गरिएको छ ।

बिहेको मुख्य कार्यक्रम अम्बानीकै घर एन्टिलियाु मा हुँदैछ । २७ तले यो घर विश्वकै महँगो घरमध्ये पर्छ ।

अम्बानीले यही वर्ष मात्रै एसियाका धनाढ्य अलिबाबाका मालिक ज्याक मालाई पछि पारेका थिए ।

अम्बानी परिवारमा यो पहिलो बिहे हो । मुकेश र निताका छोरी इशाका साथै दुई छोरा छन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री