बुधबार, २६ वैशाख २०८१

नबिल बैंकद्वारा यूनियनपे ईन्टरनेशनल क्वीक रेसपोन्स कोण प्रणालीको शुभारम्भ

समयपोष्ट २०७५ मंसिर २६ गते ७:३९

नबिल बैंकले युनियनपे इन्टरनेशनल र रोजगारी सर्भिसेज प्रा.लि. स“गको समन्वय तथा सहकार्यमा यूनियनपे ईन्टरनेशनल क्वीक रेसपोन्स कोड पेमेन्ट सर्भिस शुभारम्भ गरेको छ ।

Advertisement

निजि क्षेत्रकँे नेपालकै पहिलो र ठुलो वाणिज्य बैंक, नबिल बैंक, विश्वकै अग्रणी अन्र्तर्रािष्ट्रय भुक्तानी प्रणाली युनियनपे इन्टरनेशनल र नेपालकै उत्कृष्ट रिक्रुटमेन्ट सलुसन कम्पनी रोजगारी सर्भिसेज प्रा.लि.ले क्वीक रेसपोन्स मर्चेन्ट विकासको लागि गठबन्धन गरेका छन् ।

क्वीक रेसपोन्स कोड पेमेन्ट सर्भिस भुक्तानी सेवा तथा नेटवर्क विकासमा एक अर्काका विषेशज्ञताहरुलाई एकै ठाउँमा ल्याई अझ विकास गर्नमा यो गठबन्धनले जोड दिनेछ ।

रोजगारी सर्भिसेज प्रा. लि. ले नबिल बैंकको लागि देश भरि नै क्वीक रेसपोन्स मर्चेन्ट नेटवर्क सेवा विकास तथा विस्तार गर्नेछ जस मार्फत ग्राहकहरुले आफ्नो मोवाईल मार्फत क्वीक रेसपोन्स कोडको प्रयोग गरी सजिलैसँग भुक्तानीको प्रकृया गर्न सक्नेछन् ।

नेपालमा नै प्रथम पटक शुरुवात गरिएको क्वीक रेसपोन्स मर्चेन्ट पेमेन्ट मार्फत क्वीक रेसपोन्स कोडको प्रयोग गरी नबिल बैंकसंग आबद्ध नेपाली व्यवसायीहरुले बिद्युतिय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको बिक्रि तथा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

Advertisement

क्वीक रेसपोन्स कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) हो । बारकोड मेशिनद्वारा सजिलै पहिचान गर्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ । क्वीक रेसपोन्स कोडमा सेतो पृष्ठभूमिमा कालो स्वायर ग्रिडहरु हुन्छन् जसलाई निड सेलोमनको प्रयोग गरी छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिन्छ ।

क्युआर कोड प्रणाली मार्फत उपभोक्ताहरूले व्यापारीक बिक्री केन्द्रमा रहेको क्युआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरि आफूले रोजेको सामान र सेवाहरूको भुक्तानी गर्न सक्नेछन् ।

यस भुक्तानी प्रणालीमा विद्धमान प्रक्रिया जस्तो फिजीकल पोइन्ट अफ सेल्स टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन । क्युआर कोड मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुन्छ ।

सेवाबारे प्रटयाउँदै नबिल बंैकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल कुमार खनालले भने – “यो सेवाले नेपालमा डिजिटल बैंकिं¨लाई बढावा दिन कोशेढु¨ा साबित हुने विश्वास राखेका छौं । साथै नेपालमा डिजिटल बैंकिं¨ विकास र आफ्ना ग्राहकहरुलाई अभिनव भुक्तानी सेवा प्रदान गर्नकँ लागि हामी भुक्तानीको बिषयमा निरन्तर कार्य गरिरहेका छौं र गरिरहने छौं । यो समन्वय तथा साझेदारीले नेपालको बैंकिं¨ सेवामा क्युआर पेमेन्ट सेवालाई देशभरीनै अझ माथिल्लो तहमा विस्तार हुनलाई वातावरण निर्माण गर्नेमा विश्वास गर्दछौं ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री