शुक्रबार, १४ वैशाख २०८१

एसयुभी टुसान २०१९ नेपाली बजारमा,यस्ता छन् विशेषता

समयपोष्ट २०७५ मंसिर २७ गते ५:२१

नेपालको लागि ह्युण्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेण्टलले एसयुभी टुसान २०१९ नेपाली बजारमा भित्र्याएको छ । नयाँ टुसानमा आधुनिक डिजाइनको लेडल्याम्प, र्या डिएटर ग्रिल, पांग्राको बनोटलगायत उत्कृष्ट स्वरुप तयार गरिएको कम्पनीले उल्लेख गरेको छ ।

Advertisement

यसमा चालक तथा अन्य सिटमा भिन्न तहको समायोजन सुविधा, सिट तताउन मिल्ने तथा छालाको सिट कन्ट्रोल र ताररहित स्मार्टफोन चार्जिङ सुविधा पनि छ । नयाँ टुसन पावर, सुविधा तथा लक्जरी खोज्ने ग्राहकका लागि उपयुक्त हुन् कम्पनीले जनाएको छ।

हाल लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर १४ वटा शोरुम तथा १६ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री