शुक्रबार, १४ वैशाख २०८१

‘मेरो पक्षमा आएको भोट देखेर अन्य साथीहरु अचम्भित हुन्थे’

समयपोष्ट २०७५ मंसिर २७ गते ६:३०

चीनको सान्यामा केही दिन अगाडि सम्पन्न मिस वल्डमा सहभागि भएर मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्किएकी छन् । बुधबार साँझ स्वदेश फर्किएकी उनले
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै नेपाललाई आफूले विश्वमा चिनाउन सफल भएको बताइन् ।

Advertisement

प्रतियोगितामा ब्यूटी विथ द प्रपोज र मल्टिमिडिया अवार्ड जित्न सफल उनले नेपालीहरुको सहयोग र मायाले यो उपलब्धि हाँसिल गर्न सफल भएको बताइन् ।

नेपालीले भोट मार्फत आफूलाई अथाहा माया बर्साएको बताएकी उनले भनिन् ‘मेरो पक्षमा आएको भोट देखेर अन्य साथीहरु अचम्भित हुन्थे । सबैप्रति म एकदमै ऋणी छु ।’

टप १२ मा पुग्ने आफूमा कन्फिडेन्स भएकोले त्यो सफलतामा खासै अचम्म नलागेको बताएकी उनले टप ५ अटाउने उद्देश्य पूरा हुन नसकेको बताइन् । ‘दुई वटा महत्वपूर्ण अवार्ड जितिसकेको अवस्थामा म टप ५ मा पुग्नुपर्ने थियो । खै के कारणले पुग्न सकिन ।’

यसपटक मिस वल्र्डको फम्र्याट पहिला भन्दा परिवर्तन भएको कारणले पनि आफूलाई असर परेको उनले बताइन् । उनले थपिन् ‘नेपालीहरुले मैले शीर्ष उपाधि जित्ने अपेक्षा गरेको थिए । तर सकिन । धेरै दुःखी छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री