शुक्रबार, ७ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्सको राइट सेयर कहिलेबाट जारी हुन्छ ?

समयपोष्ट २०७५ मंसिर २८ गते ४:४७

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासनको मिति तय गरेको छ । कम्पनीले पुस १७ गतेबाट चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

Advertisement

कम्पनीले मंसिर ७ गतेसम्म कायम शेयरधनीहरुको लागि एक कित्ता बराबर ८ कित्ताको अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद शेयर माघ २१ गतेसम्म निष्काशन गर्नेछ। कम्पनीको हालको चुक्ता पूँजी ५४ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनसँगै चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रदमा ग्लोबल आइएमई क्यापिटल जमल, आइएमई जनरल इन्योरेन्स कम्पनीका शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री