शुक्रबार, १४ वैशाख २०८१

अमेजनबाट हेडफोन अर्डर गरेकी सोनाक्षीको हातमा हेडफोन होइन पर्यो यस्तो चिज

समयपोष्ट २०७५ मंसिर २८ गते ६:४०

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले केही दिन अगाडी अनलाइन मार्फत हेडफोन अर्डर गरिन् । अमेजनबाट १८ हजार भारु पर्ने हेडफोन अर्डर गरेकी उनले अनलाइन सपिंगमा धोखाधडी भएको त्यतिबेला थाहा पाइन् जब पार्सल खोल्दा उनको हातमा फलामको टुक्रा पर्यो ।

Advertisement

सोनाक्षीले उक्त पार्सलको तस्विर ट्वीटरमा सेयर गरेकी छिन् । सोनाक्षीले ट्वीट गर्दै लेखेकी छिन्, ‘अमेजन, मैले हेडफोन मगाएको थिएँ । तर, हेर्नुहोस् मैले के पाए । पूरै प्याक्ड थियो, खोलिएको पनि थिएन, हेर्दा पर्फेक्ट । तर, बाहिरबाट मात्र । तपाईंको ग्राहक सेवाले पनि मद्दत गर्न चाहेन ।’


प्रतिक्रिया

सम्बन्धित सामाग्री