बुधबार, १२ वैशाख २०८१

चौतारी लघुवित्तको आईपिओ बाँडफाँट, तपाईलाई पर्यो ?

समयपोष्ट २०७५ मंसिर २८ गते ६:४५

चौतारी लघुवित्तको आईपिओ बाँडफाँट भएको छ । लघुवित्तको आइपिओमा कुल २ लाख ७३ हजार १९२ जनाले आबेदन गरेकोमा ४७५ आबेदन रद्ध भएको छ ।

Advertisement

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ५६ हजार ७० आबेदकले मात्रै लघुवित्तको शेयर पाएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीको शेयरमा रितपुर्वक एक करोड ७१ लाख १३ हजार १३० कित्ता बराबरको लागि एक अर्ब ७१ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ताको लागि परेकोमध्ये ४० हजार ६४० कित्ता शेयरका लागि परेको आवेदन रद्ध भएको छ ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री