शुक्रबार, १६ चैत २०८०

यी ६ चिज घरमा भित्राउनुहोस् आर्थिक समस्याबाट पाउनुहुन्छ सधैलाई छुटकारा

समयपोष्ट २०७५ मंसिर २८ गते ८:१०

घरमा सधै पैसाको अभाव भैरहन्छ ? वास्तुदोषका कारण यस्तो समस्या आएको हुनसक्छ । त्यसकारण यहाँ घरको वास्तुदोष निवारण गर्ने चीजहरुको चर्चा गरिएको छ ।

Advertisement

पानी भरिएको माटोको भाँडो
घरको उत्तर दिशामा पानी भरिएको माटोको भाँडो अर्थात् घैंटो राख्नुस् । यसले घरमा धनको कमी हुन दिँदैन । घैैंटो कहिल्यै पनि खाली हुनु हुँदैन ।

हनुमानजीको मूर्ति
घरको दक्षिण पश्चिम दिशामा हनुमानजीको पञ्चस्वरूपवाला मूर्ति राखेर दिनदिनै पूजा गर्नुहोला ।

पिरामिड
घरमा पिरामिड आकारको वस्तु राख्नुहोला । जुन कोठामा घरका मान्छेले सबभन्दा बढी समय बिताउँछन्, त्यहाँ चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुपर्छ ।

धातुको कछुवा वा माछा
कछुवा र माछा भगवान् विष्णुका कच्छप र मत्स्य अवतार हुन् । धातुले बनेका कछुवा र माछा राख्नुभयो भने घरायसी समस्या हट्छन् ।

लक्ष्मी कुबेरको तस्वीर
वस्तुका अनुसार सकारात्मक र नकारात्मक दुवैथरी ऊर्जा घरको मुख्य प्रवेशद्वारबाट छिर्छन् । त्यसैले घरको मेन गेटमा नै लक्ष्मी र कुबेरको तस्वीर राख्नुहोस् ।

वास्तु देवताको मूर्ति
वास्तुदोषका कारण तपाईंलाई पैसाको समस्या भइरहेको हुन सक्छ । दोष हटाउनका लागि घरमा वास्तु देवताको तस्वीर लगाउनुस् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री