शुक्रबार, १६ चैत २०८०

कतै दही डिजर्टको रुपमा खाने गर्नुभएको त छैन ? दही खाँदा यी कुरामा ध्यान दिनुहोस्

समयपोष्ट २०७५ मंसिर २८ गते १०:३६

दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ ।

Advertisement

दही कहिले, किन र कसरी खाने ?

दही खाने उपयुक्त समय विहान हो । हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरु बिहान दही सेवन गर्दा ठीक हुन्छ । नास्तामा एक कचौरा दहीमा सख्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ ।

यसमा यस्ता रसायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ । अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ ।

–राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गर्दा फाइदा मिल्छ ।

–दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ । यसले रगतको कमि तथा कमजोरी हटाउँछ । दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ । यसबाट पाचनमा मद्दत मिल्छ । भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ ।

–दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विीरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।

–अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ ।

–दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई निको पार्ने गजबको क्षमता हुन्छ । यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ ।

–दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यो हड्डीहरुको विकासमा सहायक हुन्छ । साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ ।

–पायल्स रोगबाट पिडित व्यक्तिहरुले दिउँसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ ।

यस्तो अवस्थामा नखानुहोस् दही

शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ ।

–घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन । अन्यथा यसले दुखाईलाई झनै बढाउनेछ ।

–हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा । तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री