यी हुन् नम्बर बढाइदिन्छु भन्दै सेक्स प्रस्ताव गर्ने शिक्षक,यस्तो छ पुरा मामला
समयपोष्ट
२०७५ पुष ३ गते ८:४३
छात्रासँग सेक्सको माग गरेको अभियोगमा प्राध्यापकलाई जेल सजाय तोकिएको छ । नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई सोमबार जेल सजाय तोकिएको हो । सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए ।
उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जेल सजाय तोकिएको छ । २३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।
ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबाफेमी एवोलोवो युनिभर्सिटीले निष्कासित गरेको छ ।एजेन्सी
प्रतिक्रिया