बिहीबार, १५ चैत २०८०

हुवावेको एडभान्स फोटोग्राफी स्मार्टफोन ‘पि टेन प्लस’ नेपाली बजारमा

समयपोष्ट २०७४ असार ११ गते ९:३७

हुवावेले नयाँ स्मार्टफोन पि टेन प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । व्यावसायिक स्टुडियोको जस्तै क्यामरा इफेक्टस् दिनसक्ने उक्त मोवाईल चर्चित क्यामेरा उत्पादक कम्पनी लेइकासँगको सहकार्यमा उत्पादन गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

छिटो चार्ज हुने 'हुवावे सुपरचार्ज' जस्ता विषेशता रहेका कारण पि टेन प्लसलाई एडभान्स फोटोग्राफी स्मार्टफोन भनिएको छ । यस स्मार्टफोनमा ६४ जिबि आन्तरिक मेमोरी ,रिलाइटिङ्, थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स-साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम समावेस गरिएको छ । नयाँ स्मार्टफोन पि टेन प्लसको मुल्य ७९,००० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

fh

यो स्मार्टफोन गोल्डेन,सिल्भर र ब्लाक कलरमा बजारमा उपलब्ध हुँने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस फोनमा क्यामेरा लेन्स किट र डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा समेत रहेको  छ । साथै  घर/घर गएर हुवावेका प्रतिनिधीले बिक्री पछिको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हुवावेले एनसेलसँग डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी समेत गरेको छ । जसअन्तर्गत ग्राहकले १० जिबी डेटा नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।कम्पनीले हुवावेले पि टेन प्लसका साथै आफ्नो वाई सिरिज अन्तर्गत २०१७ सिरिजको नयाँ वाई थ्रि २०१७ ,वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट र युवा लक्षित २०१६ मा ल्याइएको वाई सिक्स मोडलको नयाँ संस्करण वाई सेभेन प्राइम बजार भित्राएको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री