बिहीबार, १३ असार २०८१

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी

समयपोष्ट २०८१ असार २ गते १३:३९

Advertisement

जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला खुसी भएका छन् ।

वर्षौंदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।

शनिबार महोत्तरी–३ स्थित डाम्हीमडै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । आफ्नै गाउँठाउँमा प्रसूति सेवा पाउनुपर्ने स्थानीय महिलाको वर्र्षाैंको माग सम्बोधन भएको गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेले बताउनुभयो ।

यहाँ आयोजित कार्यक्रममा बर्थिङ सेन्टर उद्घाटन गर्दै उहाँले प्रसूति सेवा लिन अब मधेस प्रदेशको राजधानी जनकपुर वा अन्यन्त्र जाने बाध्यता अन्त्य भएको जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले असार १ गतेदेखि असार मसान्तसम्म यस बर्थिङ सेन्टरमा जन्मिने शिशुलाई प्रतिशिशु रु पाँच हजार एक सयका दरले उपहार दिने घोषणा गर्नुभयो ।

Advertisement

उक्त बर्थिङ सेन्टरमा गर्भवतीका लागि नियमित गर्भजाँच, सुत्केरी जाँच तथा प्रसूति सेवा उपलब्ध गराइएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भजाँचसम्बन्धी सामान्य सुविधाबाट वञ्चित रहेका यहाँका स्थानीय महिलाले नियमित गर्भजाँचसम्बन्धी सम्पूर्ण सेवा पाउने अध्यक्षको पाण्डेको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री