बुधबार, १२ असार २०८१

काठमाडौं उपत्यकामा पेट्रोल पम्पमा इन्धन भर्न सवारीसाधनको लाइन

समयपोष्ट २०८१ असार ३ गते ११:३६

Advertisement

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण निजी पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । जसकारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा इन्धन हाल्न सवारीसाधनको लाइन देख्न सकिन्छ ।

सोमबार भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा सर्वसाधारणसँगै अर्थमन्त्री वर्षमान पुनको गाडी पनि इन्धन भर्न पुगेको थियो ।

आइतबार चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राखेर थानकोट डिपोबाट इन्धन नउठाएपछि निजी क्षेत्रको पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो । आइतबार थानकोट डिपोबाट आर्मी, प्रहरी र सशस्त्र प्रहरीले मात्रै इन्धन उठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री