बुधबार, १२ असार २०८१

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औं शाखा

समयपोष्ट २०८१ असार ४ गते १६:१५

Advertisement

प्रभु बैंक लिमिटेडले मुगुको छायाँनाथ रारा नगरपालिका- २ स्थित गमगढीमा आफ्नो ३०६औं शाखा खोली मंगलबारदेखि सेवा सञ्चालनमा ल्याएको छ ।

गमगढी शाखामार्फत स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

यससँगै हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालय पुगेका छन् । बैंकले यी शाखा कार्यालयसँगै २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंक छोटो समयको अन्तरालमै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड- २०२४ अवार्डबाट सम्मानित भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री