बुधबार, १९ असार २०८१

क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेटमार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टीभी फरर अफर सार्वजनिक

समयपोष्ट २०८१ असार ७ गते १८:५१

Advertisement

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेटमार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टीभी फरर अफर सार्वजनिक भएको छ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकहरुले इन्टरनेट टीभीको सेल पे वाल्लेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत Royal Enfeild Classic 350 CC को बुलेट बाइक जित्न सक्नेछन् ।

त्यति मात्र नभई हरेक महिना Macbook, iPad र Apple watch जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ Mbps सहित २००+ HD र SD च्यानल रहेको इन्टरनेट टीभी ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० Mbps इन्टरनेट ३ महिनाको मात्र ३३०० जसमा WiFi 6 राउटरसहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।

उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ। आफ्ना ग्राहक वर्गहरुलाई मध्यनजर गर्दै २४ घण्टा ७ दिन नै सेवा दिदै आएको छ ।

Advertisement

डिजिटल प्रविधिको उपयोगसंगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहक वर्गहरुलाई इन्टरनेट टीभीको भुक्तानी सेल पेमार्फत नै गर्न कम्पनीको आग्रह छ।

थप जानकारीको लिनका लागि ९८०१००६६३३ मा कल गर्न सकिने पनि कम्पनीले बताएको छ । साथै, कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि थप जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री