शनिबार, १५ असार २०८१

निमित्त मुख्य सचिवको जिम्मेबारी वरिष्ठ सचिव लीलादेवी गडतौलाले सम्हाल्ने

समयपोष्ट २०८१ असार ९ गते १८:०१


प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।

Advertisement

मुख्य सचिव डा.वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेसँगै गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी भएकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् । सचिवहरू कृष्णहरि पुष्कर र नारायण दवाडीभन्दा गड्तौला वरिष्ठ सचिव हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहित ९ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा फाइल गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री