सोमबार, १७ असार २०८१

डोटी बडिकेदारकी निरुताले पाइन कृतिम खुट्टा

समयपोष्ट २०८१ असार १० गते १८:५८

Advertisement

डोटी बडिकेदार गाउँपालिका-५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाउनुभएको छ । केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उहाँको देब्रे खुट्टा भाँचिएको थियो । उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उहाँ वैशाखीको सहारामा हिँड्डुल गर्दै आउनुभएको थियो ।

“रूखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो । उनी वैशाखीको सहारामा हिँड्डुल गर्थिन्, डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृतिम खुट्टा सहयोग गरेको हो”, निरुताका श्रीमान् मोहन थापाले भन्नुभयो ।

कृतिम खुट्टा पाएपछि हिँड्डल गर्न सहज भएको निरुता थापाले बताउनुभयो । सांसद आलेले कृतिम खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिसमक्ष पहल गर्नुभएको उहाँको भनाइ छ । साथै निरुतालाई डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा यहाँ बसोबासको सम्पूर्ण खर्च समेत सांसद आलेले बेहोर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

आज खुट्टा पाएपछि निरुता तथा उहाँको परिवारका सदस्य खुसी हुनुभएको छ । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालको ‘कृतिम अङ्ग कार्यशाला’ले कृतिमा खुट्टा प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री