सोमबार, १७ असार २०८१

महान्यायाधिवक्ता कार्यालयले भन्यो-धितोपत्र बोर्ड अध्यक्षमा दुई जना मात्र सिफारिस गर्न मिल्दैन

समयपोष्ट २०८१ असार ११ गते १४:३१

Advertisement

नेपाल धितोपत्र बोर्ड अध्यक्षमा दुई जना मात्र सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ ।

यसअघि अध्यक्ष सिफारिस समितिले मागेको रायको जवाफ दिँदै मंगलबार महान्यायाधिवक्ता कार्यालयले कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा उपस्थित दुई जनामात्र पठाउन नमिल्ने राय दिएको हो ।

बोर्ड अध्यक्षको लागि २ जनाले मात्रै अन्तर्वार्ता दिएपछि समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो। कार्यालयले २ जनाको नाम सिफारिस गर्न नमिल्ने जवाफ दिएको हो।

अहिले अन्तरबर्ता दिन नआएका ३ जनालाई पुनः सूचना जारी गरी अन्तर्वार्ताका लागि बोलाउन सक्ने कार्यालयले जनाएको छ।

Advertisement

अध्यक्ष छनौट समितिले यही असार द्रुतगतिमा सर्ट लिष्टमा परेका पाँचजनालाई कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा बोलाएको थियो । त्यसदिन जम्मा दुई जना सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र उपस्थित भएका थिए । बाँकी तीन जना कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंका लागि गत बुधबार (असार ५ मा) डाकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री