शनिबार, १५ असार २०८१

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ

समयपोष्ट २०८१ असार १२ गते ९:३३

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

Advertisement

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

यसरी हेर्न सकिन्छ एसईई नतिजा

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्यमा २०८०/२०८१ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ।कम्पनीले यो साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको भन्दै विद्यार्थीहरू र परिवारले महत्त्वपूर्ण जानकारी बिना ढिलाइ प्राप्त गर्न सक्ने बताएको छ ।

एसएमएसमा आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री