बुधबार, १९ असार २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक छनौट

समयपोष्ट २०८१ असार १४ गते ९:३०

Advertisement

चितवनको भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभीको नाममा सात दिने आसयपत्र जारी गरेको छ ।

गौतमबुद्ध रंगशाला निर्माणका लागि उक्त कम्पनी छनौट भएसंगै सात दिने आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । तोकिएको समय भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने अर्यालले बताए ।

सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ ।

चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।

Advertisement

तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री