सोमबार, १७ असार २०८१

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

समयपोष्ट २०८१ असार १५ गते १५:०२

Advertisement

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ मा आयोजना गरेको रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

“नयाँ प्राविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ”, उहाँले भन्नुभयो, “जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।”

किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गर्नुभयो । “ किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्”, उहाँले भन्नुभयो, “गोठमै बनाउन सकिने कम्पोष्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानाई सरकारको सहयोग आवश्यक छ ।” उहाँले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री