सोमबार, १७ असार २०८१

ताप्लेजुङमा पनि धान दिवस मनाइयो

समयपोष्ट २०८१ असार १५ गते १६:५०

Advertisement

पहाडी जिल्ला ताप्लेजुङमा पनि असार १५ अर्थात् धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला समन्वय समितिको आयोजनामा रोपाइँ गरेर धान दिवस मनाइएको हो ।

फुङ्लिङ नगरपालिका–३ केनिममा नौमती बाजासहित भएको रोपाइँ कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईले उद्घाटन गर्नुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की, फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयको सहभागिता थियो ।

विगतका वर्षदेखि नै सदरमुकाम नजिकैपर्ने केनिममा धान दिवसका अवसरमा कार्यक्रम हुँदै आएको छ । कार्यक्रममा सहभागी स्थानीय कृषकले कृषिमा युवाको आकर्षण बढ्ने योजना तथा कार्यक्रमको आवश्यकता रहेको बताएका थिए । कृषि उत्पादन वृद्धि तथा कृषकलाई प्रोत्साहन गर्ने प्रभावकारी योजना नहुँदा कृषिप्रति युवाको आकर्षण घट्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।

जिल्लामा पर्याप्त वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाको अधिकांश जनसङ्ख्या खेतीकिसानी गरेर जीवननिर्वाह गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री