बिहीबार, २० असार २०८१

नक्कली कम्पनी खडा गरेर ३० अर्ब बढीको सुन तस्करी

समयपोष्ट २०८१ असार १७ गते १४:१९

Advertisement

प्रहरीले ब्रेक शुबाहेक अन्य सामानमा समेत लुकाएर सुन तस्करी हुने गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोस्रो चरणको अनुसन्धानमा उक्त निष्कर्ष निकालेको हो । सिआइबीले अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको जसमध्ये ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर र बाँकी अरु २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको छ ।

यसैगरी सिआइबीले ५ वटा डमी कम्पनीमार्फत करिब ३२ सय केजी सुन तस्करी भएको दाबी गरेको छ । सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो ।

यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ । सीआईबीका अनुसार गिरोहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री