बुधबार, १९ असार २०८१

६ महिनामा भित्रिए ५ लाख ८३ हजार पर्यटक, सबैभन्दा धेरै भारतबाट

समयपोष्ट २०८१ असार १७ गते १५:३३

Advertisement

सन् २०२४ को ६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो महिना मात्र ७६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । हवाईमार्ग हुँदै जुन, २०२४ मा ७६ हजार ७३६ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६.२१ प्रतिशतले पर्यटक आगमनको वृद्धि हो ।

सन् २०२३ को जुनमा ७२ हजार २५० जना पर्यटक भित्रिएका थिए । बोर्डका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी ३७ हजार ८३५ जना पर्यटक नेपाल भित्र्याएका छन् ।

Advertisement

दोस्रोमा अमेरिका (यूएसए) बाट ८ हजार २८१ जना भित्रिएका छन् भने यसै अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी बंगलादेशबाट ३ हजार ८५७ जना, बेलायतबाट १ हजार ९६९ जना, अस्ट्रेलियाबाट १ हजार ५८९ जना, भुटानबाट १ हजार ६६ जना, मलेसियाबाट १ हजार १४ जना, जापानबाट ९५३ जना र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

प्रि–कोभिड अर्थात् सन् २०१९ को तुलनामा यो महिना २.४७ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । सन् २०१९ को जुनमा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री