बुधबार, १९ असार २०८१

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश

समयपोष्ट २०८१ असार १७ गते १७:१३


कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् ।

Advertisement

सोमबार एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ‌ओली लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव उक्त पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए ।

२०४९ सालमा एमालेबाटै राजनीति गरेका देव मधेस आन्दोलनपछि मधेसी दलहरूमा सहभागी हुँदै कांग्रेसमा पुगेका थिए । त्यसपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सांसद बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री