बुधबार, १९ असार २०८१

कांग्रेस पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ : ओलीसँगको कुराकानी सकारात्मक छ

समयपोष्ट २०८१ असार १७ गते १७:३७

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएको बिफ्रिङ गरेका छन् ।

आफ्नो निवास बुढानीलकण्ठमा सोमबार अपरान्ह बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् ।

‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ देउवाका भनाइ उद्धृत गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने ।

विश्वकर्माका अनुसार ओलीले देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री