बुधबार, १९ असार २०८१

सुदूरपश्चिममा नाउपाले बोलायो आफ्ना २ मन्त्रीलाई फिर्ता

समयपोष्ट २०८१ असार १७ गते २१:५६

Advertisement

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्राचार गरेको बताएका हुन् ।

नाउपाबाट सुदूरपश्चिम सरकारमा कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री छन् भने टीका थापाले कृषि तथा भूमि सुधार मन्त्री छिन् ।

दलका नेता घनश्याम चौधरीले उनीहरू दलको निर्णयविरुद्धमा सरकारमा गएकोले फिर्ता हुन पत्राचार गरेको बताए । सो पत्रको बोधार्थ मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा पनि पेस गरेको दलको नेता चौधरीले बताए ।

Advertisement

उता प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कैलाश चौधरीले पत्रबारे अनविज्ञता व्यक्त गरे । उनले भने– ‘पत्रबारे मलाई थाहा छैन । अर्को कुरा कसले हामीलाई सरकारमा पठाएको छ र ? अहिले फिर्ता हुन पत्राचार गर्छन् ? पार्टीले फिर्ता हुन भनेपछि हामी तत्काल फिर्ता हुन्छौ ।’ मन्त्री चौधरी र थापा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री